काठमाडौं– नेपाल र थाइल्याणबीच भएको नयाँ हवाई सम्झौतामा थाइ एयरलाइन्सहरुलाई काठमाडौं बाहिरका विमानस्थलमा उडान गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं बाहिरका विमानस्थलमा उडान गर्न औपचारिकरुपमा सहमत भएको थाइल्याण्ड पहिलो मुलुक हो।
यो संगै थाइ एयरलाइन्स निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्ने भएको छ ।
यसअघि नेपालले सबै देशसँग त्रिभुवन विमास्थल काठमाडौंमा उडान गर्ने गरी हवाई सम्झौता गरेको छ।
सम्झौताअनुसार दुवै देशका एयरलाइन्सले हप्तामा २८ उडान गर्न पाउने छन्। यसअघि दुवै देशका एयरलाइन्सले हप्तामा १० वटासम्म उडान गर्न सक्ने व्यवस्था रहेकोमा नयाँ सम्झौताले यसलाई बढाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा नेपाली टोली थाइल्याण्ड गएको हो।
दुई देशबीच सन् १९७१ मा पहिलो हवाई सम्झौतालाई यो सम्झौताले विस्थापित गरेको छ।
सम्झौतामा दुवै पक्षले तेस्रो पक्षको मुलुकसँग सम्झौता गरी‘थर्ड कन्ट्री कोड शेयर’ आधारमा उडान गर्न सक्ने पनि उल्लेख गरिएको छ।
FACEBOOK COMMENTS