काठमाडौं, चैत १२ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) दोहोरो अंकले घटेको छ । हिजो बुधबार नेप्से नेप्से ४१.३६ अंकले बढेर दुई हजार पाँच सय ७० दशमलब ३१ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा थामिएको छ भने आज ६ अर्ब ४० करोड ३३ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका एउटा समूहमध्ये तीन समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सर्वाधिक शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागीरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र वोमी लघुवित्त वित्तिय संस्था रहेका छन् ।
FACEBOOK COMMENTS