काठमाण्डौ, भदौ ४ – रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य बिग्रिएपछि बिहीबार उहाँलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भर्ना गरिएको छ ।
एलेक्सी नाभाल्नीकी प्रवक्ताले यसबारेमा जानकारी दिँदै उनी अहिले पनि बेहोस रहेको र आईसीयूमै रहेको बताउनुभएको छ । नाभाल्नीको अवस्था देख्दा उहाँलाई कसैले विष खुवाएको शङ्का गर्न सकिने प्रवक्ताले बताउनुभएको छ ।
नाभाल्नीकी प्रवक्ता किरा यारमिशले एलेक्सी नाभाल्नी साइबेरियाबाट मस्को आइरहनुभएको थियो । तर जहाजमा उहाँको स्वास्थ्य खराब भएपछि जहाज आपत्कालीन अवतरण गर्नुपरेको थियो ।
यो घटनापछि प्रवक्ता यारमिशले ट्वीट गर्नुभएको छ– ‘एलेक्सीलाई विष खुवाइएको छ र अझै पनि आईसीयूमा हुनुहुन्छ ।’
एलेक्सी नाभाल्नीले गएको वर्षको जुलाईमा पनि आफूलाई कसैले विष दिएको हुन सक्ने बताउनुभएको थियो । उहाँलाई प्रहरी हिरासतमा राखिएको थियो र एक रहस्यमय एलर्जीको प्रतिक्रिया भएको बताइएको थियो ।
FACEBOOK COMMENTS