उपहारजंग शाह
राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको आज जन्मजयन्ती उनको वाहादुरीको वयान जतिगरे पनि सक्किन्न ।
पृथ्वीनारायण शाहबाट जोगिन कान्तिपुरका राजाले इस्ट इन्डिया कम्पनीसँग सहायता मागे । ब्रिटिस फौजलाई सिन्धुलीगढीमा गोर्खा सेनाले रोकेनन् मात्र, धूलो चटाएर पठाए । त्यस युद्धमा ठूलो क्षति भोगेका अंग्रेजले धेरै पछिसम्म नेपाललाई कर्के नजर लगाएनन् ।
कान्तिपुरका राजाको मद्दतका लागि सेना पठाएको त्यस बेलाका इस्ट इन्डिया कम्पनीका दस्तावेज लगायत धेरै ठाउँमा लिखित प्रमाण भेटिने तथ्य हो, पृथ्वीनारायणको बढाइ(चढाइ गर्न वा कसैलाई होच्याउन रचिएको कथा होइन । त्यस बेला गोर्खा सैनिकले अंग्रेजबाट जफत गरेका थुप्रै हतियार अझै हाम्रा संग्रहालयहरूमा सुरक्षित छन् ।
अर्काे कुरा कान्तिपुरका राजाले विदेशी सैनिक बोलाएर राष्ट्रको घात हुने काम गरे भन्ने पनि होइन । राजाका हैसियतले आफ्नो देशलाई आक्रमणबाट जोगाउन गर्नुपर्ने प्रयास उनले गरेका हुन् । छलकपट गरेर अन्य राज्यमा आधिपत्य जमाउन ब्रिटिसहरू माहिर नै थिए । कान्तिपुरका राजालाई पनि निःस्वार्थ सहयोग गर्न बेलायती सेना पक्कै आएका थिएनन् ।
तर, त्यसबेला जहाँ ब्रिटिस सेना पुगे, त्यहाँ उनीहरूले सजिलै छाडेको उदाहरण कहाँ छ ? काठमाडौँमा बेलायती सेना आइपुगेको भए त्यतिबेलै यो इस्ट इन्डिया कम्पनीको अधिनस्थ हुन्थ्यो । अनि, कहाँ रहन्थ्यो नेपाल ? बिस्तारै नेपालका अरू भूभाग पनि उनीहरूकै नियन्त्रणमा जान्थ्यो ।
फेरि त्यस बेला युद्धको सुरुआत गर्ने पृथ्वीनारायण पहिलो राजा थिएनन् । भुरेटाकुरे राज्य लडिरहन्थे । मान्छे पनि मर्थे । साना र कमजोर राज्यले ठूला शक्तिशाली राज्यको प्रताडना सहनै पर्थियो ।
यो नयाँ तथ्य होइन । तर, कतिपय मान्छे बुझपचाउँछन् । पृथ्वीनारायणलाई धारे हात लगाउँछन् । पृथ्वीनारायण नभएको भए ’हामी सम्पन्न, स्वाधीन, सुन्दर राज्य हुन्थ्यौँ’ भन्छन् । तर, जहाँ ब्रिटिस पुगे, त्यहाँ संस्कृति मात्र होइन, भाषा समेत बाँकी राखेका छैनन् भन्ने भारतकै इतिहास पढे धेरै छर्लंग हुन्छ ।
यो नयाँ तथ्य होइन । तर, कतिपय मान्छे बुझपचाउँछन् । पृथ्वीनारायणलाई धारे हात लगाउँछन् । पृथ्वीनारायण नभएको भए ’हामी सम्पन्न, स्वाधीन, सुन्दर राज्य हुन्थ्यौँ’ भन्छन् । तर, जहाँ ब्रिटिस पुगे, त्यहाँ संस्कृति मात्र होइन, भाषा समेत बाँकी राखेका छैनन् भन्ने भारतकै इतिहास पढे धेरै छर्लंग हुन्छ । बरू पृथ्वीनारायले कान्तिपुरका परम्परालाई तत्काल जारी राखे । यहाँका संस्कृति, बाजागाजा(संगीतलाई प्रोत्साहन दिए ।
अहिले कम्तीमा कसैले ’भारतभन्दा तिमीहरूमा के खास छ?’ भन्दा( ’हामी सदासर्वदा सार्वभौम थियौँ’भनेर गर्व गर्न पाइएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति कोटि कोटि प्रणाम ।
FACEBOOK COMMENTS