काठमाडौं, पुस २७ – तराईका जिल्लामा अहिले बाक्लो कुहिरो लागेको छ भने पहाडी भेगमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्।
तराई क्षेत्रमा अहिले चिसो अत्यधिक बढेको छ र त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
आइतबार दिनभर देशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा हुने महाशाखाले जानकारी दिएको छ । यसैगरी, तराईका भूभागहरुमा हुस्सुको सम्भावना रहेको जनाइएको छ ।
आइतबार राति भने देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । भोलि अर्थात् सोमबार बेलुकीबाट भने पुनः पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने सम्भावना छ।
मौसमविद् मञ्जु बासीका अनुसार त्यसको प्रभावले सोमबार बेलुकीबाट पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ भने तराई क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तो रहन्छ आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस २७ गते (आइतबार)
दिउँसो:देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराई भूभागहरुमा हुसुरकुहिरो लाग्ने सम्भावना छ।

राति: देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस २८ गते (सोमबार)
दिउँसो :देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराई भूभागमा हुसुरकुहिरो लाग्ने सम्भावना छ।
राति : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भूभागका एक(दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।
पुस २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भूभामा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।
राति : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भूभागका एक(दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।