काठमाण्डौँ — नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गरेको छ ।
निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।
ट्रोलियम पदार्थमा मूल्य वृद्धी भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य ११२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ भएको छ।
निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS