काठमाडौं । साताको पहिलो दिनको कारोबारमा सेयर बजार २५.५५ अंकले बढेको छ । बजार बढेर २५८५.०४ विन्दुमा उक्लिएको हो ।
सोमबार बजार बढ्दा २२६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ४७ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यस दिन चार अर्ब ६८ करोड ४५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड १५ लाख कित्ता सेयर ४९ हजारपटकमा किनबेच भएको हो ।
इन्फिनिटी लघुवित्त, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त, मल्टीप्रपोज फाइनान्स, एनआईसी एसिया सेलेक्ट फन्डलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।
समूहगत सूचकतर्फ म्युचुअल फन्डबाहेक अन्य समूह बढेका छन् ।
