काठमाडौँ- ०४ चैत्र – पोखराका युवा ब्यवसायी राजेन्द्र गौतम ईजिप्टको अलेक्जेन्ड्रिया शहरमा सम्पन्न कार्यक्रममाझ एम एस एन एक्सीलेन्स अवार्डबाट विभूसित भएका छन ।
राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ बाट उनी सम्मानित भएका हुन । उनी ब्यापार विधातर्फबाट सम्मानित भएका छन ।
अलेक्जेन्ड्रियाको शेराटन होटेलमा मार्च १६ तारिखमा आयोजित अवार्ड कार्यक्रम माझ गौतमले सो अवार्ड ग्रहण गरेका थिए । को हुन राजेन्द्र गौतम ? राजेन्द्र गौतम हिल बर्ड हाउजिङ एण्ड डेभलवर्श प्रा लि का प्रवन्ध संचालक हुन । पोखरालाई कर्म क्षेत्र बनाई रीयल स्टेट बिजनेशलाई अगाडी बढाएका गौतम होटल ब्यवसायमा समेत संग्लग्न रहेका छन । एक सामान्य परिवारमा जन्मिएका गौतमले नेपालमा ब्यवसाय शुरु गर्नु अघि वैदेशिक रोजगारीका लागि युएई गएर श्रम गरेका थिए ।
गौतमले विदेशी भूमिमा आर्जेको कमाई स्वदेशमा लगानी गर्दै ब्यवसायीक जीवनको नयाँ अध्याय कोरेका थिए । लगन र परिश्रमका साथ आफ्नै देशमा रहेर काम गर्ने हो भने कम पुजीको लगानीबाट पनि सफलता हासिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन राजेन्द्र गौतम । साथी संगतमा रमाउने स्वभावका राजेन्द्र सामाजिक चेतका धनी पनि हुन ।
उनले दु:खमा पर्दै आएका जोकोहीलाई आफू सक्य सहयोगको हात फैलाउने गर्दै आएका छन । मिजासपूर्ण बोली बचन, निस्वार्थपन र सहयोगी भावनाका कारण उनलाई रिझाउने मानिसहरु उत्तिकै छन । आफ्नो कमाइ प्रति कत्ति पनि घमन्ड नगर्ने स्वभावका उनीसग ब्यवसायिक सम्बन्ध गास्दा जो कोहीले ढुक्क र सुरछित भएको महशुस गर्ने गर्दछन ।
त्यसैले पनि उनले थालनी गरेको ब्यवसायीक यात्राले एक दसक पुग्दा नपुग्दै सफलताको सिढी पार गरेको छ ।
FACEBOOK COMMENTS