काठमाडौं, २ फागुन- संसद विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले नयाँ चरणको आन्दोलनको घोषणा गर्ने जनाएको छ ।पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटनको सिफारिसलाई अनुमोदन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै उक्त पक्षले तीन चरणको आन्दोलन गरिसकेको छ ।
माघ १३ गतेबाट शुरु भई माघ २८ गतेबाट तेस्रो चरणको आन्दोलन सकिएको छ ।आज दिउँसो २ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नयाँ चरणको आन्दोलन घोषणा गर्नको लागि सूचना जारी गरेको छ ।
FACEBOOK COMMENTS