(कर्पोरेट ब्युरो ) व्यवसायिक हकहितका लागि गठित उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको छाता कम तिकडमको अखडा बढि बन्दै आएको चर्चा चुलिन थालेको छ । पछिल्लो चरणमा पदका लागि लुछाचुडी हुन थाले पछि महासंघमा चरम संकट देखिन थालेको भन्दै केही व्यवसायीहरुले आपत्ती जनाउन थालेका छन । विकसित घटनाक्रमले महासंघलाई क्षती पुग्ने भन्दै तटस्थ सदस्यहरुले चिन्ता व्यक्त गर्न थालेका हुन । यस्तै भैरहने हो भने महासंघ भित्र अराजकता मौलाउने निस्चित रहेको एक सदस्यले नाम नबताउने शर्तमा बताए । ‘महासंघ राजनीति केन्द्रको रुपमा परिणत हुदै गएको छ, बढो दु:खका साथ भन्नुपर्छ लुछाचुडीमा सिध्याउछन कि भन्ने चिन्ता छ, पैसा खर्च गर्न सक्नेको क्लब जस्तो पो बन्दै छ, कति व्यवसायी सडकमा आउदै छन् खै हकहितका लागि मिलेर दबाब दिएको ? उल्टो भाई फुटे गोबर लुटे गर्दैछन’, कोही टाट पल्टियो भने त्यसलाई छाता ओडाउने कि किनारा लाउने । यसरी नै लकडाउन जारी रहने हो भने थुप्रै उद्योगी व्यवसायीहरु टाट पल्टिनेछन । सरकारलाई दवाव खै । आपसमा झगडा गर्ने ? दिक्क लागि सक्यो ।’ उनले कटाक्ष गर्दै भने । महासंघ भित्र यो एउटा प्रतिनिधी आवाज हो । महासंघका जिम्मेवार पदाधिकारीहरुको रवैया देखेर सदस्यहरु कति चिढिएका छन भन्ने द्रिश्टान्त पनि हो यो ।
त्यसो त चैत्रमा हुने निर्वाचन तथा साधरण सभा कोभिड –१९ले हुन नसके पछी सरेको समयको फाईदा उठाउदै धमिलो पानीमा माछा मार्ने कार्य बढेको छ । विशिष्ठ सदस्य चण्डीराज ढकाल र वर्तमान अध्यक्ष भवानी राणा बीच चुनावको विषयलाई लिएर भएको मतभेदले महासंघमा अझै भाडभैलो हुने देखिन्छ । एउटै समुहमा रहेका दुई सुप्रिमो बीचको बेमेलको फाईदा अर्को पक्षले उठाउने देखिएको छ । राणा वर्तमान अध्यक्ष र ढकाल सार्क चेम्बरका उपाध्यक्ष छन । यद्यपी दुई सुप्रिमोलाई फुटाएर महासंघलाई कब्जामा लिने रणनितीमा केही उद्योगपतिहरु लागेको पाईन्न्छ l र यसका लागि जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान लगायतलाई मोहोरा बनाउन लागेको बुझिन्छ । सोझो र लामो समय महासंघमा संघर्शरत प्रधानलाई महासंघबाट किनारा लाउने प्रपञ्च सहित वहिर्गमनको बाटो तताउन वाध्य पार्ने खेल रचिएको व्यवसायीको तर्क छ । यता चन्द्र ढकाल पनि सोझा मध्येमा पर्छन र बरिष्ठमा उनको जित सुनिश्चित जस्तै छ ।
उनको मिजासलाई धेरैले तारिफ गर्दै आएको प्रिस् ठभुमीमा उनको पल्लाभारी माझ प्रधानलाई उकासेर डिभाइड एण्ड रुलको खेल खेलिएको प्रस्ट हुन्छ । र यो खेलमा यु टर्न ल्याउन प्रधान मार्फत आगोमा ध्यु थप्ने कार्य गरिएको पुस्टि भैसकेको छ । यसले अन्तत: महासंघको छविलाई नै धमिल्याउने आम व्यवसायीको बुझाई छ । अहिलेको अवस्थामा विवाद केकालागि भन्ने प्रश्न अहम छ । के यो एक जुट हुने बेला होईन र ? राणा हुन वा गोल्छा नेतृत्व भनेको व्यवसायिक हितका लागि हुनु पर्ने होईन र ? पूर्व अध्यक्ष भनेको किनारा लागेको व्यक्ति हो तर उसको पछि हात धोएर लाग्नुको फाईदा के ? बरिष्ठ उपाध्यक्ष स्वत : अध्यक्ष हुन पाउने कुरामा विशिस् ठ सदस्यले भाँजो हालिरहेको भए अर्को कुरा हुन्थ्यो होला तर सहमती कै खातिर भएको सौधाको भावना विपरित महासंघमा हालका विशिस्ठ सदस्यलाई खुईल्याउने खेलले के महासंघलाई फाईदा गर्ला ? यस्तो प्रश्न टड्कारो रुपमा उठेको अवस्थामा उपाध्यक्ष प्रधानको रोल निकैनै टिठ लाग्दो देखिन्छ । निर्वाचनको मिति तय भएसंगै मिलिसकेको सवाललाई लिएर प्रधान मार्फत चण्डि ढकाल विरुद्ध खेद प्रस्ताव ल्याईनु आँफैमा उदेक लाग्दो छ । फेरी विशिष्ठ सदस्य ढकाललाई नैतिकता गुम्यो भन्दै विवादमा तान्न खोज्नु आँफैमा आस्चर्यजनक पनि छ । मोहोरा प्रधानको प्रधानतम उपयोगिताको खासियत पनि यसैमा अन्तर्निहित छ भन्न धक नमान्दा हुन्छ । मुख्य योजनाको रहस्य यसै भित्र घुसेको छ । प्रधान यस अघि पनि शेखर गोल्छासंग पराजित भएका थिए । र यसपाली पनि चन्द्र ढकाललाई जित्न मुश्किल मात्र होईन ढुंगा चपाउनु सरह छ । र यो स्थितीमा प्रधान फेरि किन बहकिय भन्ने प्रश्न अहम छ । कि त उनले महासंघको नेतृत्व आलोपालो जस्तै गरि जिल्ला संघबाट माथि उठेकालाई पनि दिनुपर्छ भनेर जो भए पनि १५-२० बर्षको अन्तराल पछि भने पनि मुल नेतृत्व पाउनुपर्छ भनेर प्रभाव जमाउन सक्नु पर्यो ।
होईन भने घडीको पेण्डुलम जस्तै यता उता गर्दै अर्बौपतीहरुसँग पराजित हुँदै गर्दा महासंघ भित्र जिल्ला र नगरबाट प्रतिनिधीत्व गर्ने को हैसियत मुकरर रहन्छ । यो प्रधान जस्ताले बेलैमा सोच्ने कुरा हो । म भनेर होईन हामी भनेर भिजन लिन सक्नुपर्छ । यसका लागि चौडा छाती चाहिन्छ । अहिले महासंघमा सबैलाई मिलाउने भन्दै चण्डि ढकाललाई विशिष्ठ सदस्यबाट निकालेर प्रधानलाई विशिष्ठ सदस्य बनाउने भनेर जाल फालिएको छ । तर उल्टो प्रधानलाई नै त्यहि भाषमा पार्न खोजिएको भेउ सायद उनैलाई नहुन सक्छ । यो जुँगाको लडाईमा नदेखीने गरि हुनेवाला अध्यक्ष गोल्छा लगायतका व्यापारी प्रतिस्पर्धामा छन। तथापी पछारिदा प्रधान पछारिने पक्का छ । सुत्रका अनुसार प्रधानले आत्मसमर्पणको शैलीमा चन्द्र ढकाल सामु उनलाई नीर्विरोध बनाउन आफुले दावेदारी फिर्ता लिने संकल्प गर्दै आफुलाई विशिस्ठ सदस्य बनाउन सहयोग मागेका छन । तर ढकालले उनको प्रस्तावलाई ठाडै नकारेका छन । चन्द्रले चण्डिराज ढकाल सार्क चेम्बरको उपाध्यक्ष र प्रभावशाली पूर्व अध्यक्ष भएको नाताले महासंघ भित्र उनलाई बाइपास गर्न नहुने बरु मिलेर जाँदा उचित रहने निश्कर्श निकालेको बुझिन्छ । यसरी चन्द्र ढकाल स्वत: वरिस् ठ उपाध्यक्ष बन्ने प्रस्ताव पछि सबै जिल्ल परेका छन । जिल्ल पर्नुको कारण चाही उनको अडान, अडिगपन र इमान रहेको गाईगुइ छ ।
FACEBOOK COMMENTS