काठमाडौं – प्रभु बैंकले एकैसाथ दुई नयाँ शाखा विस्तार गरेको छ ।
संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं १ स्थित खाँदवारीमा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ११ स्थित गाईघाटमा नयाँ शाखा कार्यलयको विस्तार गरेको हो ।
खाँदवारी शाखा कार्यालयको उद्घाटन खाँदवारी न.पा.का मेयर मुरारी प्रसाद खतिवडाले गरे भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखाको उद्घाटन प्रदेश सभासद हिमाल कार्कीले गरे ।
FACEBOOK COMMENTS