काठमाडौं– बाणिज्य बैंकहरु पछिल्लो समय संस्थागत निक्षेपमा पनि ब्याज बढाबढमा लागेका छन्।
बैंकर्स संघको सहमति र राष्ट्र बैंकको नियामकीय प्रावधान बिपरित बाणिज्य बैंकहरुले संस्थागत निक्षेपमा पनि प्रतिस्पर्धा थालेका हुन्।
राष्ट्र बैंकको प्रवाधान अनुसार प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढि मात्र संस्थागतलाई ब्याज दिन पाइन्छ ।
बैंकर्स संघले ११ प्रतिशतभन्दा बढि नदिन समझदारी गराएको छ। केही बैंकहरुले भने ब्यक्तिगत निक्षेप सरह नै संस्थागतलाई १३ प्रतिशत ब्याज दिन थालेका हुन्।
FACEBOOK COMMENTS