काठमाडौं, मंसिर १० – प्रा.डा. भीष्मराज प्रसाईको बुधबार साँझ सात बजे मेडिसिटी इन्टरनेशनल हस्पिटलमा निधन भएको छ । ८९ वर्षीय प्रसाईलाई मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते सो हस्पिटलमा भर्ना गरिएको थियो ।
डा.प्रसाईका श्रीमती सुभद्रा प्रसाई, छोरीहरू डा. सिरू प्रसाई, सञ्जु शर्मा र छोरा डा.सगर प्रसाई छन् ।
डा. प्रसाई नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्तक थिए । साथै उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक पनि थिए ।
प्रा।डा।प्रसाई चिकित्साशास्त्र अध्ययन संस्थानका डीन, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष र उपकुलपति पनि हुनुभयो ।
प्रा.डा.प्रसाईका एक दर्जन जति साहित्यिक कृति प्रकाशित छन् । उनी भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित भएका थिए । साथै उनी राजपरिषदको सदस्य पनि भएका थिए ।
FACEBOOK COMMENTS