काठमाण्डौं — निर्माणाधीन काठमाडौं–निजगढ (फास्ट ट्र्याक) मा गुड्ने सवारीसाधनको सडक दस्तुरसहित कोरियाली कम्पनी सुसुङले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेको छ।
फास्ट ट्र्याकमा चल्ने सवारीसाधनलाई साना, मध्यम र ठूला तीन वर्गमा विभाजित गरी दस्तुर तोकिएको छ। दैनिक १२ हजार ५ सय १८ गाडी ओहोरदोहार गर्ने अनुमानसहित डीपीआरमा सडक दस्तुर तोकिएको उच्च स्रोतले बतायो।
डीपीआर मन्त्रिपरिषद्मा पेस भएको छ।
काठमाडौंदेखि निजगढसम्म साना गाडीको ९ सय, मध्यमको १ हजार ९ सय र ठूला (हेभी) को २ हजार ६ सय दस्तुर निर्धारण गरिएको छ।
कार, जिप र माइक्रोबसलाई साना, बसलाई मध्यम र ट्रकलगायत ठूला साधनलाई हेभी सवारीका रूपमा व्याख्या गरिएको छ।
मोटरसाइकलबारे भने डीपीआरमा केही उल्लेख छैन।
काठमाडौं, नारायणगढ, हेटौंडा हुँदै निजगढसम्म पुग्न अहिले लाग्ने इन्धन खर्च र समय बचतका हिसाबले सडक दस्तुर सस्तो भएको डीपीआरमा उल्लेख छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS