काठमाडौं– दसैं चाडलाई लक्षित गर्दे बज्र एण्ड् बज्राचार्य इन्टरप्राइजेज्ले दसैं ‘फेस्टीभ अफर’ योजना बजारमा ल्याएको छ ।
यस योजना अन्र्तगत कुनै पनि ग्राहकले यस इन्टरप्राइजेज्का आउटलेटहरु (वानेश्वर, लगनखेल, ढोलाहिटी र पोखरा ) बाट बाथरुममा प्रयोग हुने सामानहरु किन्दा बिभिन्न सुविधाहरु प्राप्तगर्न सक्नेछन् ।
जस्तैकिकुनै ग्राहकहरुले एक कमोडको खरिदमा अर्काे एक कमोड सित्त्तैमा प्राप्तगर्नेछन । त्यसै गरी उपभोक्ताहरुले अन्य वाथरुममा प्रयोग हुने सामानहरु खरिदगर्दा गिफ्ट ह्याम्पर , क्यास् ब्याक र बिशेष सहुलीयत जस्ता सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् ।
“हामीहरुले यस उपहार योजना आफ्ना ग्राहकवर्गको हितलाई ध्यानमा राखी उनीहरुलाई बढी भन्दा बढी फाइदा प्रदान गर्ने उदेश्यले ल्याएकाहौ र यसले उनीहरुको हामीप्रतिको विश्वासलाई अझै प्रगाढ बनाउन मद्दतगर्नेछ ,” कम्पनीले बताएको छ ।
वज्र एण्ड् बज्राचार्य इन्टरप्राइजेज्ले कोहलेर, हिन्डवयेर, सोमान्वे, जेक्वार, सीआरडब्लु जस्ता ख्यातीप्राप्त स्यानिट्री व्राण्डहरुको नेपालमा बिक्रि बितरण गर्दे आएको छ ।
FACEBOOK COMMENTS