काठमाडौं,चैत ३ – महान्यायाधिवक्ताको कार्यालयले प्रहरीद्धारा बरामद गरिएको मास्क तत्कालै बिक्री तथा वितरण गर्न निर्देशन दिएको छ ।
सोमबार महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद गरिएको सबै बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो । प्रहरीले बिक्री गरेको रकम प्रहरी कोषमा नै रहने बताईएको छ ।
आइतबार कालोबजारी गर्न लुकाएर राखेको अवस्थामा प्रहरीले कपन र सतुङ्गलबाट १० लाख आठ हजार बरामद गरेको छ । यस्तै, गएको शनिबार डल्लु क्षेत्रबाट ७८ हजार मास्क बरामद भएको थियो ।
प्रहरीले बरामद गरेको मास्क प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी गर्दै गर्दा महान्याधिवक्ताको कार्यालयले ती मास्क तत्काल बेच्न निर्देशन दिएको हो ।
प्रहरीले गत शनिबारदेखि हालसम्म १० लाख ८६ हजार थान माक्स बरामद गरेको छ । शनिबार काठमाडौंको डल्लु क्षेत्रबाट ७८ हजार थान माक्स बरामद गरेको प्रहरीले आइतबार काठमाडौंको कपनबाट १ लाख ६८ हजार र सतुंगलबाट ८ लाख ४० हजार थान माक्स बरामद गरेको थियो ।
FACEBOOK COMMENTS