काठमाडौँ, फागुन २५ – बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना भएको छ । ठूलो बजेटका चलचित्र हातमा भएका बेला रणवीरलाई कोरोना पोजेटिभ देखिएको छ । अहिले उनी क्वारेन्टाइनमा रहेका भारतीय मिडियाले जनाएका छन् ।
रणवीरका काका रणधीर कपुर पनि केही समयअघि बिरामी भएका थिए । रणवीरकी आमा नितु कपुर कोरोना संक्रमित भएको केहीसाता मात्रै भएको छ ।
भारतको महाराष्ट्र सरकारले कोरोनाका बिरामी बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । भारतमा मात्रै नभएर पछिल्लो समय विश्वभरि कोरोना संक्रमितको संख्या बढेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत रहन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS