काठमाडौँ, श्रावण २९ – बुधबार तोलामै ६ हजार २ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार भने २ हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बिहीबार भने ९७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बुधबारको तुलनमा तेजाबी सुनको भाउ पनि २ हजार ४ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।
बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ पनि ८५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार २ सय १० रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार एक हजार २ सय ९५ रुपैयाँ पुगेको छ ।
लगातार उकालो लागेको सुनको भाउ बुधबार एकैदिन तोलामै ६ हजार २ सय रुपैयाँ घटेको छ थियो । रसियामा कोभिड–१९ को भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालमा पनि भाउ घटेको सुनचाँदी व्यवसायी महासंघले बताएको थियो ।
यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।
FACEBOOK COMMENTS