काठमाडौं,पुस २०- नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालले पदभार ग्रहण गरेका छन।
पुष १९ गते शनिबार पोखरामा आयोजना गरिएको एक कार्यक्रममा भुवन दाहालको नेतृत्वमा चयन नयाँ कार्य समितिले पदभार ग्रहण गरेका हुन् ।दहाल करिब एक महिना अघि नै अध्यक्षमा सर्वसम्मत निर्वाचित भए पनि पदभार ग्रहण भने गरेका थिएनन् ।
भुवन दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । दाहालको नेतृत्वमा गत महिना नयाँ कार्यसमिति सर्बसम्मतले चयन भएको थियो ।
उपाध्यक्षमा नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर चयन भएका छन् । भाटनगर दोस्रो कार्यकालका लागि पुनःउपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र माछापच्छ्रे बैंकका सीईओ सुमन शर्मा समेत सोही पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका थिए ।
FACEBOOK COMMENTS