काठमाण्डौँ — बैंक तथा वित्तीय संस्था आक्रामक ऋण प्रवाहमा लागेकाले प्रणालीगत जोखिम बढ्दै गएको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
पछिल्ला वर्षहरूमा वित्तीय संस्थाहरूको कारोबार परिणाम, सेवामा विविधता, सूचना प्रणालीमा अधिक निर्भरतालगायतले प्रणालीगत जोखिमलाई बढावा दिइरहेको अध्ययनको निष्कर्ष छ ।
‘प्रणालीगत जोखिमको सैद्धान्तिक पृष्ठभूमि र विभिन्न देशमा गरिएको अध्ययनको निष्कर्षको आधारमा विश्लेषण गर्दा नेपालको वित्तीय प्रणालीमा पनि जोखिम बढ्न सक्ने संकेत तथा आधारहरू देखिएको प्रतिवेदनलमा उल्लेख छ ।
बैंकिङ क्षेत्रको कर्जा कारोबारको प्रवृत्ति, आकार र वृद्धिदर हेर्दा विगत दस वर्षको औसत वृद्धिदर २० प्रतिशत कै हाराहारीमा छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS