काठमाडौं – नेपाल ब्रोकर एशोसिएसनको अध्यक्षमा राजकुमार तिमिल्सिनालार्इ हराउँदै भरत रानाभाट निर्वाचित भएका छन्।
रानाभाटले २९ मत पाए भने तिमिल्सिनाले १९ मत मात्रै पाए। अध्यक्षमा सर्वसम्मत चयनको प्रयास विफल भएपछि निर्वाचन भएको थियो।
अरु पद भने सर्वसम्मत भइसकेको छ। एशोसिएसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिवमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधी भुसाल सर्वसम्मत चयन भएका छन्।
एशोसिएसनको सदस्यमा संजिला अर्याल,फडिन्द्र ढकाल, सन्दिप चाचान र सुमन गौतम चयन भएका छन्।
FACEBOOK COMMENTS