काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ।
जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार बिहान खड्कालाई अनुसन्धान गर्न पक्राउ गरेको थियो। उनको बयान लिन सुरू समेत भइसकेको छ।
पूर्वउर्जामन्त्री खड्कालाई म्याद थपका लागि जिल्ला अदालतमा ल्याइयो
