काठमाडौं, भदौ २५ – चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो ।
यसअघि अस्पतालमा डा। श्रीराम तिवारी मेसु रहेका थिए । यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उहाँलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए ।
प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा। पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत थिए । डा. पाण्डे एघारौँ तहका चिकित्सक हुन् ।
FACEBOOK COMMENTS