काठमाडौं – नेपाली व्यवसायीबीच चिरपरिचित नाम हो भवानी राणा । नेपाली महिला उद्यमीहरुको नाममा पहिलो स्थानमा आउँछ भवानी राणाको नाम । नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल राणा सफल महिला उद्यमी मात्र नभएर सक्षम युवा महिला व्यवसायीका समेत हुन् ।
उनले महिला उद्यमी विकास समितिका सभापतिको जिम्मेवारी पनि सम्हालि सकेकी छिन्। राणाले महिला उद्यमी महासंघ नेपालको अध्यक्ष र नेपाल लगानी बोर्डको सदस्य भएर पनि काम गरिसकेकी छिन् ।
०२७ सालमा काठमाडौंको सानेपामा सम्पन्न परिवारमा जन्मेकी राणाले राजधानीको प्रख्यात सेन्ट मेरिज स्कुलवाट विद्यालय शिक्षा पुरा गरेकी हुन् । उनले आफ्नो उच्च शिक्षा भारतको लखनउ स्थित विद्यवविद्यालयवाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।पढाइ सकेर गार्मेन्ट व्यवसायमा हात हालेकी राणाले असित शमशेर जबरासँग प्रेम विवाह गरेकी हुन् । विवाहपछि उनी पर्यटन क्षेत्रमा सक्रिय बनिन्।
व्यवसायिक घरानासँग विवाह गरेर नेपालगन्ज पुगेपछि उनी नेपालगञ्जबाट महासंघको राजनीतिमा होमिएकी हुन् । भवानी राणाले वि.स. २०६२ सालमा महासंघमा प्रवेश गरेकी थिइन् । राणा वि.सं. २०६४ देखि २०६७ मा पहिलोपटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर महासंघमा प्रवेश गरेकी हुन् । उनी महासंघको निर्वाचित पहिलो महिला सदस्य पनि हुन् ।
पर्यटन व्यवसायसँग सम्बद्ध राणाले बाँकेमा स्नेहा ग्रुप प्रालिको व्यवस्थापन निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। साथै उनी स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिकी निर्देशक, स्नेहा बिएन्डएस कोलाब्रेसन प्रालिकी व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजकी प्रवर्द्धक, पद्य क्रिएशन प्रालिकी निर्देशक, स्नेहा ग्रुपकी व्यवस्थापन निर्देशक,फर्चुन ग्रुपकी अध्यक्ष, नेशनल लाइफ इन्सुरेन्सको निर्देशक र बागेश्वरी विकास बैंककी प्रवर्द्धक हुन्।
शिक्षित तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा व्यवसायीक ज्ञान वटुली सकेकी राणा अहिलेपनि थुप्रै व्यवसायीक कम्पनीको नेतृत्व गरिरहेकी छिन् । स्पष्ट वक्ता तथा निडर महिला व्यवसायीका रुपमा परिचय वनाएकै कारण उनी महासंघको सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुदै आज निजी क्षेत्रको सर्वोच्च छाता संस्थाको पहिलो महिला अध्यक्ष समेत बनेकी छिन् ।
धेरै नेपाली युवाहरुको प्रेरणाकी स्रोत तथा सफल व्यवसायी राणालाई कर्पोरेट म्यागाजिनले आफ्नो दशौं बार्षिकोत्सवका अवसरमा कर्पोरेट एक्सिलेण्ट विजनेश लिडर अफ द ईअरबाट सम्मानित गरेको छ । सम्मान ग्रहण पश्चात आफ्नो मन्तब्य राख्दैं राणाले यस्ता खालका अवार्ड तथा सम्मानले आफुमा काम गर्ने नयाँ उत्साह र हौसला थपिने बताइन् । उनले कर्पोरेट म्यागाजिनलाई तथा कर्पोरेट खबरलाई शुभकामना दिदैं अवार्डका लागि धन्यबाद ज्ञापन गरीन् ।
FACEBOOK COMMENTS