काठमाडौं, पुस २ – भारत र बंगलादेशबीच चिल्हाटी- हल्दीबाडी रेल सेवा सुरु भएको छ। आज आयोजित भर्चुअल कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिनले संयुक्त रुपमा रेल लिंकको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रमपछि हसिनाले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भारतले चालेको कदमहरुको प्रशंसा गरेकी थिइन्।
हसिना र मोदीले आजै अन्य दुई कार्यक्रमको पनि उद्घाटन गरे। उनीहरुले संयुक्त रुपमा बंगबंधु- बापु डिजिटल एग्जिबिसन र शेख मुजीबर रहमानको स्मारक हुलाक टिकट जारी गरे।
FACEBOOK COMMENTS