काठमाण्डौ, भदौ ९ – भोजपुरमा टमाटरको मूल्य प्रतिकिलो २५० रूपैयाँ पुगेको छ । भोजपुरमा बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाइए पछि टमाटरको मूल्य चुलिएको हो । सामान्य अवस्थामा ४०/५० रूपैयाँ प्रतिकेजीमा पाइने टमाटर महंगिएपछि समस्या भएको स्थानीय राजकुमार श्रेष्ठले बताए ।
सदरमुकाममा बुधवार र शनिबार लाग्ने हटिया बन्द गरेर अन्य जिल्लाबाट तरकारी आयतमा रोक लगाउने निर्णय गरिएसँगै अरू तरकारीको मूल्य पनि बढेको गृहणी शान्ति तिवारीले बताइन् ।
आयात रोकिएपछि स्थानीय कृषकबाट खरिद गरिएको आलु, प्याज, कोभी, सिमी, खुर्सानीलगायतका तरकारीको लागत मूल्य नै बढी भएको मूल्य बढेको ब्यापारी शिव राईले जनाए ।
सामान्य अवस्था भन्दा अहिले त्यहाँ ७० प्रतिशतसम्म मूल्य बृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् ।
FACEBOOK COMMENTS