काठमाडौं, १४ वैशाख – मंगलबार देशभर कोरोना भाइरसका ४ हजार ५२४ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ९६६ जना थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६०२ जना, ललितपुरमा २४० जना र भक्तपुरमा १२४ संक्रमित थपिएका हुन् ।
यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा आइतबार २ हजार २०७ जना संक्रमित थपिएका छन् ।
आइतबार काभ्रेपलाञ्चोकमा ३१, चितवनमा ८०, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ११, मकवानपुरमा १२४, रसुवामा १, रामेछापमा ११ जना, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा ५ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS