काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ ।
आज नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ५४ करोड ६३ लाख बराबरको कारोबार भएको छ । हिजो सोमबार नेप्सेमा ९ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बंगालादेश बैंकको भएको छ । यस कम्पनीको आज ४५ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS