काठमाडौं । साबिक सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले जारी लिगमा गोलरहित बराबर खेल्दै अंक बाँडेका छन् ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा भएको दोस्रो चरणको अन्तिम खेलमा दुवै टोलीले गोल सहित बराबर खेल्दै अंक बाढेका हुन् ।
खेलसँगै मछिन्द्रले २ खेलबाट ४ अंक बनाएको छ । यता, लगातार दोस्रो बराबरसँगै आर्मीले दुई खेलबाट २ अंक जोडेको छ । दोस्रो चरणको समाप्तिसँगै मनाङ मर्स्याङ्दी क्लब ६ अंक सहित शीर्ष स्थानमा छ । तेस्रो चरणको खेल अब शुक्रबारबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS