काठमाण्डौ– चाडपर्वको वहानामा व्यापारीले आफूखुशी उपभोग्य वस्तुको मूल्यवृद्धि गरेपछि उपभोक्ता मारमा परेका छन् ।
खाद्यान्न, सागसब्जी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएकाले उपभोक्ता मारमा परेका हुन् ।
उपभोक्ता ठगिने क्रम बढे पनि नियमकारी निकाय भने मौन छ । नियमनकारीको मौनताको फाइदा उठाउँदै व्यापारीले आफू खुशी मूल्यवृद्धि गरिरहेका छन् ।
पछिल्लो समय दालमा २० प्रतिशत र तरकारीमा ३५ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ ।
पसलमा चिनीको मूल्य फरक–फरक पाइन्छ । किराना पसलमा ८० रूपैयाँसम्म बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।
सरकारले चिनी उद्योगीको मिलेमत्तोमा चिनी आयतमा लगाएको प्रतिबन्धका कारण चिनी महङ्गीएको उपभोक्ता मञ्चले बताउँदै आएको छ ।
दाल, चिनी, तरकारी सबै खाद्यान्न सामानको भाउ छोइ नसक्नु भएको उपभोक्ताको गुनासो छ ।
FACEBOOK COMMENTS