काठमाण्डौँ – महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकको चन्द्रौटा शाखा कार्यालयले कपिलवस्तु स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ ।
बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल १५० विद्यार्थीहरुलाई वितरण गरेको थियो भने स्कुल ब्याग कक्षा १ देखि कक्षा ५ मा अध्ययनरत कुल ६५ जना विद्यार्थीहरुलाई प्रदान गरेको थियो ।
बैंकले शिक्षा नै सशक्तिकरणको मूल आधार भन्ने कुरालाई मध्यनजर गर्दै ती बालबालिकाहरुको पठन पाठनमा सहयोग स्वरुप उल्लिखित शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।
FACEBOOK COMMENTS