काठमाण्डौँ — महालक्ष्मी विकास बैंक लिमिटेडले चिप प्रणालीमा आधारित EMV महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ ।
कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित VISA डेबिट कार्ड सञ्चालनमा ल्याइएको हो ।
यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक Magnetic Stripe क्तचष्उभ प्रविधिका VISA डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो ।
चिपमा आधारित कार्ड विश्व स्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिमहरु धेरै न्यून गर्न सकिने कुरालाई मध्यनजर गर्दै यस बैंकले चिप प्रणालीमा आधारित महालक्ष्मी VISA डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।
FACEBOOK COMMENTS