काठमाडौं, फागुन २० –ललितपुर महानगरपालिकाले हस्तकला उत्पादन प्रदर्शनी गर्ने भएको छ । १११औं अन्तर्राट्रिय महिला दिवसको अवसरमा महानगरपालिकाले तीन दिने हस्तकला उत्पादन प्रदर्शन गर्न लागेको हो ।बिहीबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले महिला दिवसको अवसरमा फागुन २२ गतेदेखि २४ गतेसम्म विभिन्न औपचारिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । ‘महिला सशक्तिकरणका लागि पुरुषको सहभागिता अपरिहार्य’ भन्ने नाराका साथ महानगरपालिकाले दिवस मनाउन लागेको हो ।
पत्रकार सम्मेलनमा महानगरपालिका मेयर चिरिबाबु मर्हजनले महिलालाई आत्मनिर्भर बनाउन विनाब्याज ऋण उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाले महिला दिवसको कार्यक्रमलाई वर्षभरी नै विभिन्न कार्यक्रम गरी मनाउने उपमेयर गिता सत्यालले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS