काठमाण्डौं– नेपाल व्यवस्थापन संघको ३८औं राष्ट्रिय व्यवस्थापन अधिवेशन तथा वार्षिक साधारण सभा हुने भएको छ ।
काठमाडौंको होटल याक एन्ड यतिमा माघ २९ गते अधिवेशन तथा वार्षिक साधारण सभा हुने भएको हो ।
अधिवेशनमा भाग लिनका लागि माघ १५ गतेभित्र संस्थागत तथा साधारण सदस्यहरुले सदस्यता नवीकरण गर्नु पर्ने भएको छ ।
अधिवेशनमा महासचिवको प्रतिवेदन प्रस्तुत तथा छलफल, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा छलफल र विधान संशोधन माथि छलफल हुने छ ।
FACEBOOK COMMENTS