काठमाडौं, पुष ७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ।
बबरमहलमा बसिरहेको केन्द्रीय कमिटीको बैठकअघि बसेको स्थायी कमिटीको बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरी पदबाट हटाउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए। ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने सम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीको बैठकले पारित गर्ने नेताहरूले बताए।
पार्टी एकता हुँदा भएका केन्द्रीय सदस्यहरूको बहुमत संख्या आफूसँग भएको भन्दै आएको यो समूहले केन्द्रीय कमिटीको बैठक सकेसम्म चाँडो सकेर आजै आधिकारिक नेकपा भएको भन्दै निर्वाचन आयोगमा जाने एक नेताले जानकारी दिए।
FACEBOOK COMMENTS