काठमाण्डौँ — राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौंका मालपोत तथा नापी कार्यालयमा छड्के अनुगमन गरेको छ ।
केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार चावहिल र डिल्लीबजार स्थिति मालपोत कार्यालय र मैतीदेवीस्थित नापी कार्यालयमा मंगलबार छड्के अनुगमन गरेकोे हो ।
अनुगमनमा डिल्लीबजारस्थित मालपोत कार्यालयका तीन कर्मचारी समयपालना नगरेका र १० जना कर्मचारी तोकिएको पोशाक नलगाएको भेटिएका छन् ।
यस्तै चावहिलस्थित मालपोत कार्यालयमा तीन कर्मचारी समय पालना नगर्ने, एक कर्मचारी तोकिएको पोशाक नलगाउने भेटिएका छन् भने मैतीदेवीस्थित नापी कार्यालयमा तीन कर्मचारी समय पालना नगर्ने तथा तीन जना पोशाक नलगाउने भेटिएका छन् ।
प्रवक्ता लामिछानेले ती समय पालना र पोशाक नलगाउने कर्मचारीलाई विभागीय कारवाहीका लागि सम्बन्धित कार्यालयमा पत्र पठाइने बताए ।
— नागरीक
FACEBOOK COMMENTS