काठमाडौं, कार्तिक २९- मुक्तिनाथ विकास बैंक लिमिटेडले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाकोतर्फबाट वजारीकरण तथा बिक्रि प्रबन्धक बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी रहेका १३३ शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खातातथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादूर गुरुङ्गले बताए ।