काठमाण्डौँ — मुक्तिनाथ विकास बैंकले सबैमा वित्तीय साक्षरता,आजको आवश्यकता”भन्ने मूल आशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले वित्तीय साक्षरता कार्यक्रम विगत ५ बर्ष देखि निरन्तर संचालनगर्दै आईरहेको छ ।
बेंकले व्यास–०१, भादगाउँ,तनहुँ स्थित श्री जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२, गगनगौडा,कास्की स्थित श्री ज्ञान ज्योति विद्याकुञ्जमा,सैनामैना–०६, भाटाचौर, रुपन्देही स्थित जनकल्याण उच्चमा.वि.,मोदी– ०६,तिलाहार,पर्वत स्थितनवजागृत उच्चमा.वि रभरतपुर–०८, शरदपुर, चितवन स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था लि. गरी जम्मा ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले हालसम्म २ सय ४१ वटा वित्तीय साक्षरता कार्यक्रम मार्फत कुल ४५ हजार जना सहभागीहरुलाई वित्तिय साक्षरता प्रदान गरी सकेको छ ।
यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईरहने जनाएको छ ।
FACEBOOK COMMENTS