मदन तिमल्सेना
तनहुँ, श्रावण २२- तनहुँ दमौलीका पुराना भिडियो/ फोटाे पत्रकार राजु श्रेष्ठको दुबै मृगाैला प्रत्याराेपण गर्नुपर्ने अबस्था आएपछि उनको जीवन रक्षाको लागी अस्ट्रेलिया तनहुँ समाजले रु १,८१,४०५/- एक लाख एकासी हजार चार सय पाँच रुपैयाँ सहयोग गरेको छ। अस्ट्रेलिया तनहुँ समाजको सहयोग रकम प्राप्तीसंगै सहयोग जुटाउन सकृय सामाजिक युवा अभियान्ता लक्ष्मीभक्त खनालले आज बिहीबार चितवन पुगि निज मृगाैला पीडित राजु श्रेष्ठलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् ।
हाल अस्ट्रेलियामा रहेका विद्यार्थी तथा व्यबसायिक नेपाली नागरिकको सहयोगमा अस्ट्रेलिया तनहुँ समाजले उक्त सहयाेग रकम संकलन गरेको समितिका अध्यक्ष दिनेश खनालले बताए। तनहुँको विभिन्न पत्रिका तथा टिभि र सामाजिक संजाल मार्फत मृगाैला पीडित राजु श्रेष्ठको जीवन रक्षाको समाचार पाएसंगै सहयोगको लागि जुटिएको अस्ट्रेलिया तनहुँ समाजका महासचिव सुर्य खनालले बताए।
FACEBOOK COMMENTS