![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – सरकारले मेचीमहाकाली विद्युतीय रेलमार्गको बोलपत्र आह्वान गर्ने भएको छ ।
हाल मेचीमहाकालीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएकाले तत्काल बोलपत्र आह्वान गर्न तयारी भईरहेको रेल विभागले जानाएको छ ।
विभागले पहिलो चरणमा सो खण्डको बर्दिबास देखी निजगढसम्मको लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । साथै बर्दिबासदेखि निजगढसम्मको डीपीआरको काम सकिसकेको छ ।
रेल्वे निर्माणका लागि आन्तरिक वा ग्लोबल टेण्टर गर्ने भन्ने विषयमा टुङ्गो नभईसकेको विभागको भनाई छ ।
दोस्रो चरणमा निजगढ हेटौंडाको टेण्डर गरेर काम अगाडी बढाइने समेत बताईएको छ ।
FACEBOOK COMMENTS