![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं- उदयपुर उद्योग वाणिज्य महासंघले नेपाल उद्योग वाणिज्य महासंघको विरोधमा मोरङ व्यापार संघले चलाइरहेको अभियानबाट आफू अलग भएको घोषणा गरेको छ ।
मोरङ व्यापार संघले प्रदेश १ का उद्योग व्यवसायमा उत्पन्न समस्याका विषयमा भन्दै भेला बोलाएर उक्त भेलालाई महासंघविरुद्ध संघर्षका रुपमा प्रचार गराएको भन्दै उदयपुर उद्योग वाणिज्य संघले आपत्ति जनाएको हो ।
संघका अध्यक्ष पुस्कर खड्काले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोरङ व्यापार संघको यस्तो कार्य निन्दनीय भएको र आफू महासंघको स्पिरिटविरुद्ध जान नसक्ने बताएका छन् ।
प्रदेश १ का उद्योग वाणिज्य संघको भेलामा आफूले महासंघको प्रदेश समितिका पदाधिकारीको अनुपस्थितिका सम्बन्धमा प्रश्न गर्दा प्रधानमन्त्रीको निर्देशनअनुसार गठित कार्यदललाई सुझाव दिन भेला आयोजना भएको भनिएको तर छलफल गर्ने बेलामा भने मोरङ व्यापार संघलाई महासंघले लेखेको पत्रमा मात्र केन्द्रित भएको खड्काले विज्ञप्तिमा जनाएका छन् ।
खड्काले थप स्पष्ट पार्दै भनेका छन्– वैठकको निर्णय भन्दै भोलिपल्ट प्रेसमा आएपछि यसमा महासंघविरुद्ध षडयन्त्र छ जस्तो लाग्यो । मेरो मनसाय उद्योगी व्यवसायीको हक हितका लागि मात्र हो । उद्योग वाणिज्य संघविरुद्ध हुने गतिविधिमा म सामेल छैन र मलाई स्वीकार्य पनि छैन ।
उनले महासंघको नीति निर्देशन मान्न आफू तयार रहेको स्पष्ट पारेका छन् ।
FACEBOOK COMMENTS