काठमाडौं, माघ १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनतासँग मिलेर गरिबी भगाउने, लखेट्ने अभियानमा रहेको बताएका छन् ।
नेकपा दाङ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अघिल्लो वर्षको तुलनामा यसवर्ष भएको विकास, निर्माण, पुलपुलेसा बनाउने कामले त्यसको पुष्टि गर्ने बताए ।
“अघिल्लो वर्षको तुलनामा यसवर्ष कति पुल बने ? म तथ्याङ्क दोहो¥याउन चाहन्नँ । ९५ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेका छन् । सडकमा कोही बालबालिका, वयोवृद्धहरू कोही सडकमा छैनन् । कोही भोकै छैनन् । नेपाली युवाहरूले विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दैछौँ । बालबालिका लागि शिक्षा, वयस्कका लागि तालिम, स्वरोजगारका कामहरू, उद्यमशीलताका लागि सहुलीयत दरमा ऋणको योजनामा सरकार छ,” उनले भने ।
FACEBOOK COMMENTS