काठमाडौं, माघ ९- युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संचालक समितिकोे अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।उनी यस कम्पनीको संस्थापक सेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष समेत रहेका छन् ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले माघ ९ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिर्ई पदभार ग्रहण गरेका छन् ।
अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्यमहासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलता पूर्वक वहन गरिसकेका छन् ।देशको अर्थतन्त्रप्रति गहिरो रुची राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।
अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताएका छन् । कुशल व्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याती कमाएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरुबीचको सम्बन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट बीमा कम्पनीका रूपमा स्थापित गर्ने कम्पनीको विश्वास रहेको छ ।
FACEBOOK COMMENTS