काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन हो ।
आज कार्यालय समयभर आवेदन दिन सकिने छ । लगानीकर्ताले सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट आवेदन दिन सकिने छ ।
कम्पनीको आईपीओमा आइतबारसम्म ४.५६ गुणा बढी आवेदन परेको छ । ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याएर बाँकी ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएको थियो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबारसम्म १८ लाख ३५ हजार ६ सय ५६ जनाले २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रुपैयाँको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ताको लागि आवेदन परेको छ ।
यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
FACEBOOK COMMENTS