काठमाण्डौं — रसुवागढी भन्सार नाकाबाट चालु आर्थिक वर्षको ७ महिनाको अवधिमै अपेक्षित राजश्वको उपलब्धि हाँसिल भएको छ।
विनाशकारी भूकम्पपछि अस्तव्यस्त कार्यालय, भौगालिक कठिनाइ, र सडकको दुरावस्थाका बाबजुद पनि चालु आर्थिक वर्षको ५ महिना अगावै अपेक्षित राजश्व संकलन भएको हो।
राजश्व संकलनको अवस्था असाध्यै राम्रो देखिएपनि बाटोको अवस्था खराब रहँदा आयात गर्ने व्यवसायीहरुले भने सास्ती खेप्दै आइरहेका छन्।
चालु आर्थिक वर्षका लागि रसुवा भन्सार कार्यालयलाई ७ अरब ६२ लाख ६४ हजार राजश्व तोकिएकोमा आर्थिक वर्षको ७ महिनाको अवधिमै ९माघ महिनासम्म० ७ अरब ५६ करोड राजश्व संकलन भएको छ।
संकलित उक्त रकम रसुवागढी भन्सार कार्यालयलाई दिएको राजश्व संकलनको वार्षिक लक्ष्यभन्दा ७ प्रतिशत बढी हो।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले ७ महिनाको अवधिमै सरकारले तोकेको राजश्वको लक्ष्य हाँसिल गरिसकेका बताए ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS