काठमाण्डौं — दार्चुलाको नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड साना जलविद्युत आयोजनाले एक महिनाभित्र विद्युत उत्पादन गर्ने भएको छ।
आठ मेघावाट क्षमताको अपर नौगाडमा चैतभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएकामा साउन महिनाको बाढी र प्राविधिक कारणले एक महिना ढिलो हुने भएको हो।
अबको एक महिनाभित्रै उत्पादन सुरु हुने आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले बताए।
पहिलो युनिटबाट एक महिनाभित्र विद्युत् उत्पादन सुरु हुने र अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्न थप एक महिना लाग्ने आयोजना इन्चार्ज कोइरालाको भनाई छ।
भारतबाट पावरहाउसको सामान आउन समय लाग्ने भएकाले दुवै युनिट जडान गरी विद्युत् उत्पादन सुरु गर्न दुई महिना लाग्ने कोइरालाले बताए।

२०७५ साउनको बाढीले निर्माणाधीन आयोजनाका ठूलो भौतिक क्षति भएकाले चैतभित्रै निर्माण सम्पन्न हुन नसकेको उनको भनाइ छ।

— नागरीक