काठमाडौं, वैशाख ९ – राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि आगामी जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को वैशाख ६ गते बसेको बैठकले गरेको निर्णय अनुसार निर्वाचन आयोगले रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए ।
उपचुनाव घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ ।
FACEBOOK COMMENTS