अन्जनराज न्यौपाने ,तनहुँ २७ वैशाख – जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले लकडाउनको अवज्ञा गर्दै नियम विपरित सवारीसाधन चलाउने उपर कडा कार्वाही गरिदै आएको बताएका छन्। नियम विपरित चल्ने जोकोहीलाई पनि आफुले नछाड्ने उनले बताए । जिल्लाका प्रमुख नाकाहरुको स्थलगत अनुगमनका क्रममा आँबुखैरेनी, पुर्कोट, डुम्रे ,दमौली, थर्पु, भिमाद, बेलचौतारामा पुगेका ट्राफिक प्रहरी प्रमुख अधिकारीले मातहतका ईलाका कार्यालयलाई नियम भन्दा बाहिर जानेहरु उपर कडा निती अख्तियार गर्न निर्देशन दिएका छन् । नियमलाई पालना नगर्ने अटेरी गरि पैदल यात्रा तथा सवारीसाधन बोकी अत्यावश्यक काम विनै हिड्ने उपर कडा भन्दा कडा कार्वाही गर्न पोस्ट ईन्चार्जहरुलाई निर्देशन दिएको उनले बताए । ‘शारीरिक रुपले अशक्त भई सवार गर्ने बृद्ध,बालबालिका , नियमित औंषधी सेवन गरिरहनुपर्ने अवस्थाका दिर्घ रोगीविरामीहरुकालागि सवारी आगमनमा छुट गरिएको छ ।यस्तै क्रसर उद्योगका मालसामान बोक्ने सवारीसाधनहरुलाई सरकारको निर्णय अनुसार शनिबारबाट प्रवेश गर्न दिईएको छ’ अधिकारीले भने । ‘विभिन्न जिल्लाका लागि खाद्यान्न बोकी सवार गर्ने ट्रक, मट्टीतेल र पेट्रोल बोक्ने ट्याङकर, ऐम्बुलेन्स, विरामी बोक्ने प्रईभेट सवारी साधनहरु, अत्यावश्यक सवारीसाधनलाई ब्यवहारिकता हेरि सवार गर्न दिईएको छ, यसरी लकडाउनलाई मध्यनजर गरी जिल्लामा चेकजाच व्यवस्था कडा पारिएको छ’ अधिकारीले बताए। दैनिक ज्याला मजदुरीगरिरहेका र लकडाउनकाकारण काम रोकिएपछि पैदल घर जानभनि अलपत्र भै हिडेका ८१ जना यात्रुहरूलाई चैत ११ गते यता उनीहरुको घर सम्म पुग्न विभिन्न सवारीसाधनहरुमा चढाएर सहयोग गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी समेत दिए । पैदल यात्रा गरिरहेका यात्रुहरु र विनाकाममा सवारीसाधन लिएर सवार गरिरहेका यात्रुहरुलाई १० देखि १५ मिनट रोकि सेनिटाजर ,माक्स र पिपिईको महत्त्वका बारेमा सहजिकरण गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले प्रकाश पारे । अधिकारीले चैत्र ११ गते यता जिल्लाका विभिन्न स्थानहरूमा लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउने ५ सय १९ सवारीसाधनहरुलाई कारबाही गरिएको जानकारी दिए । कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने, केही छोए लगतै हात खुट्टाको सफाई गर्न, भीडभाडमा नजाने जानै परे सामाजिक दुरी कायम राख्ने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाक्ने माक्सको अनिवार्य प्रयोग गर्ने , हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्ने, ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाई नजिकको स्वास्थ्य चौकीमा गई ज्वरो जाँच गराईहाल्ने जस्ता दैनिक कार्यले सबैलाई सुरक्षित राख्ने हुँदा स्वास्थ्य सतर्कता माथि जोड दिन सबैलाई आग्रह गर्न चाहेको पनि उनले बताए ।
FACEBOOK COMMENTS