काठमाडौं,वैशाख २७- भारतले नेपाली भूमिमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने लिपुलेक सडकको उद्घघाटन विरोधमा शुक्रबार परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति विवादमा परेको छ । मन्त्रालयले शनिवार जारी गरेको विज्ञप्ति औपचारिकता निभाउनमा सिमित रहेको भन्दै नागरिक एवम् सरोकारवालाहरुले विरोध जनाएका हुन । मन्त्रालयद्वारा जारी विज्ञप्तिको सार भन्दा पनि ढाचालाई लिएर विरोध भैरहेको छ । प्रेस विज्ञप्तिमा नाम र हस्ताक्षर हुन आवश्यक रहेकामा औपचारिकता निभाउने हिसाबबाट आएको भन्दै विरोधको स्वर गुन्जिएको हो ।

मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा खोट देखाउदै स्वर्गिय राजा वीरेन्द्र शान्ती प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल भन्छन् -‘हस्ताक्षरको त कुरै छाडौ प्रेस विज्ञप्ति भनेर निकालिएको पत्रको जिम्मा लिने आधिकारिक ब्यक्ति यो हो भनेर किटान नै गरिएको छैन्, राष्ट्रको भुमी जस्तो गहन बिषयमा फ्रन्ट लाईनमा उभिएर अघि बढनुपर्ने बेलामा कुर्सी ओगटने तर जनाधार अनुसार बोल्न र नाम उल्लेख गर्न नसक्ने मन्त्री र नेताको के काम’ आक्रोश मिश्रित भावमा उनले भने ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गर्वाधार लिपुलेक सडकको शुक्रबार मात्रै भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका थिए । नेपालको भुमी मिच्दै भारतिय पक्षबाट सडक निर्माण भएपछि अहिले त्यसको मुलुकभर विरोध भइरहेको छ ।