काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला ५ सय र चाँदी ३५ रुपैयाँले बढेको हो।
लगातार घटिरहेको सुनको मूल्य सोमबार बढेर प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेकोमा आज मंगलबार पनि बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार चाँदी ३ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो।